विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ । भारतमा बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्।
यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१ जनाको मृत्यु भइसकेको उल्लेख गरेका छन् । यस्तै भारतमा हालसम्म कोरोना भाइरसबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ ।
चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ । बुधबार दिउँसोसम्म संसारभर ४२ हजारभन्दा बढीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ६० हजारभन्दा बढी संक्रमित बनेका छन् ।