कोरोना भाइरसको चपेटामा अब डाक्टरहरु पनि पर्न थालेका छन् । न्युयोर्कको अस्पतालमा न्युरोसर्जन डाक्टर जेम्स गुडरिचको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
मोन्टेफोर हेल्थ सिस्टमका अनुसार, उनलाई कोरोना भाइरसको लक्षण देखा परेको थियो । त्यसपछि सोमवार उनले आफ्नो जीवनकै अन्तिम श्वास लिएका थिए ।
यति भनिरहँदा यो पनि जानकारी होस्, उनले नै शिर जोडिएका दुई बच्चालाई सफल अप्रेशन गरेर उनीहरुलाई नयाँ जीवन दिँदै विश्वमा आफ्नो फरक पहिचान बनाएका थिए । र अलग गर्ने एक विधिको विकास गरेका थिए ।
मोन्टिफोर मेडिसिनका सीईओ डा। फिलिपले भने, डा।गुडरिक हाम्रो संस्थाबाट धेरै लामो समय देखि जोडिएका थिए, र उनलाई हाम्रो संस्थाले धेरै याद गरिरहनेछ ।
उनले थपे, डाक्टर गुडरिक अस्पतालका लागि एक उत्कृष्ट र आवश्यक तथा इमान्दार डाक्टरको रुपमा हुनुहुन्थ्यो, उहाँको अचानक मृत्युले एउटा देशलाई मात्र नभएर सारा विश्वलाई नै ठूलो क्षति भएको छ ।
The Montefiore @EinsteinMed community is mourning the loss of Dr. James T. Goodrich, world-renowned pediatric neurosurgeon. Dr. Goodrich passed away on March 30, 2020 from complications associated with COVID-19. Please see our full statement below. pic.twitter.com/nxPcKvPRG4
— Montefiore Health System (@MontefioreNYC) March 30, 2020