बिना लक्षण दार्जिलिङमा चार जनालाई कोरोना संक्रमणको पुष्टि

सामान्यतया कोरोना भाइरसको संक्रमण भएमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण देखिने गरेको जनाइए पनि लक्षणबिना नै पनि कोरोनाको संक्रमण हुन सक्ने तथ्य फेला परेको छ । कतिपय उपचारपछि निको भएर घर फर्किएकाहरुको अनुभवले समेत यस्तो देखाएको हो । हालै दार्जिलिङमा पनि एकै परिवारका चार जनालाई विना लक्षण कोरोना संक्रमण भएको पाइएको छ ।

दार्जिलिङमा एक बालिका सहित एकै परिवारका चार जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । गएको सोमबार कोरोना संक्रमणका कारण ज्यान गुमाउने कालेबुङ कि एक महिलाको परिबारका चार जनालाई कोरोना संक्रमणको भएको जनाइएको छ ।



उनीहरूको उत्तर बंगाल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। उत्तर बंगाल मेडिकल कलेजका अनुसार चारैजनाको रिपोर्ट बुधवार कोरोना पोजिटिभ आएको हो। सबैजनाको रिपोर्ट पोजिटिभ आए पनि उनीहरूमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको जनाइएको छ ।

सम्बन्धित समाचार