टेकुमा उपचार भइरहेका दुवै संक्रमितको दोस्रो रिपोर्ट पनि पोजेटिभ

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचाररत दुईजना कोरोना भाइरस संक्रमितको दोस्रोपटक गरिएको नमूना परीक्षणको रिपोर्ट पनि पोजेटिभ देखिएको छ।

मंगलबार दुवै नाको थ्रोट स्वाब परीक्षणका लागि राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा पठाईएको थियो । दोस्रोपटक गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।



उनीहरुको रिपोर्ट पोजेटिभ आएसँगै उपचार थप लम्बिन सक्ने अस्पतालका निर्देशक डा। सागरराज राजभण्डारीले बताए। उनले भने, ‘उहाँहरुको उपचार भइरहेको छ। तर दुवैको अवस्था सामान्य नै छ।’

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौँ आएकी काठमाडौँकी १९ वर्षे युवती र ६ चैतमा युनाइटेड अरब इमिरेटस्को सारजहाँबाट काठमाडौँ आएका धादिङका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएपछि टेकु अस्पतालमा उपचार गराइरहेका छन्।

सम्बन्धित समाचार