भरतपुर अस्पतालमा ज्वरोका एक बिरामीको मृत्यु, कोरोना संक्रमणको आशंकामा स्वाव संकलन

चितवनको भरतपुर अस्पतालमा उच्च ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएक २६ वर्षीया उषाकुमारी राई भएकी जनाइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार राई हेटौंडाबाट रेफर भएर अस्पताल भर्ना हुन आइपुगेकी थिइन् ।

विहीबार राति १ बजेतिर भरतपुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी राईको पछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार शुरु गरिएको थियो । तर, उपचारकै क्रममा राईको मृत्यु भएको तिवारीले जानकारी दिए ।



राईको कोरोना संक्रमणको आशंकामा स्वाव संकलन गर्ने तयारी भइरहेको तिवारीले जानकारी दिए । अहिले उनको शव अस्पतालमै राखिएको छ ।

सम्बन्धित समाचार