डा. रवीन्द्र पाण्डे लेख्छन् – यी २५ कारणले गर्दा नेपालीहरु कोरोनाको संक्रमणबाट सुरक्षित छन् !

सामाजिक संजाल फेसबुक मार्फत कोरोनाभाइरसबारे जनचेतना जगाउदै आएका डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक पेजमा लेख्छन् “कोरोना संक्रमणबाट हामी नेपाली किन सुरक्षित छौं ?

१. हामी सुख दुख सहन अभ्यस्त छौं । कठिनाइको हिमाल चढ्ने बानी हाम्रो जीनमा छ ।



२. हामीले दैनिक ताजा खाना खान्छौं । नास्ता, खाना, खाजा, खाना, चिया, कफी जे खाएपनि ताजा खान्छौं । फ्रिजको बासी खाना तथा बाहिरको खाना खाने हाम्रो संस्कार छैन ।

३. हामी परिश्रमी छौं । शारीरिक परिश्रम हाम्रो बानी हो । ४। हाम्रो खानामा प्रयोग गर्ने बेसार, अदुवा, लसुन, प्याज, टिमुर,ज्वानो, दालचिनी, तेजपात, मरौटि, पुदिना, सम्फो, जुदो, सिलम, मरीच, जिम्मु आदिमा रोग प्रतिरोधात्मक क्षमता प्रचुर हुन्छ ।

५. हामीले ट्वाक्क खाने अमिलो, पिरोमा प्रचुर भिटामिन सि पाइन्छ ।

६. तेलले मालिस गरेर, तालुमा तेल ठोकेर तथा प्राकृतिक खाना खाएर हामी हुर्किएका हौँ ।

७. हामी नाचगान, हाँसोठट्टा तथा रमाइलो धेरै गर्छौं । हाम्रा चाडपर्व सबै रमाइला र भोजभतेर गर्ने टाइपका छन् ।

८। भबितब्यमा पनि रमाउने, सहने हाम्रो बानी छ ।

९. हामी दैनिक चिया खान्छौं । चियामा एन्टी अक्सिडेन्ट गुण हुन्छ ।

१०. भटमास, च्युरा, गुन्द्रुक, मस्यौरा, भटमास, क्वाटी, खिचडी, मोही, साँधेको बदाम आदिले हाम्रो आन्तरिक प्रणाली बलियो छ ।

११. हामीले ट्वाइलेट पेपर, टिस्स्यु पेपर, काँटा चम्चा तथा नेप्किनको प्रयोग कम गर्छौं । त्यस्तै वासिंग मेसिनको प्रयोग थोरैले गर्छौं । यसको मतलब हामीले बिहानदेखि साँझसम्म दर्जनौं पटक हात धोइरहन्छौ । पानीसंग खेल्ने हाम्रो बानीले कोरोना संक्रमणको चेन ब्रेक गर्दछ ।

१२. हामीले खाने चटनी गोलभेंडा, भांगो, धनियाँ, पदिना, बत्तिलो घिरम्लो,कुटेको आलु, काँचो आँप, खट्टा बैगुन, पोलेर पिसेको भान्टा, तील, फर्सीको बियाँ आदिको र छोप स्वादिलो मात्र हैन, एन्टी सेप्टिक पनि छ ।

१३. केराको बुङ्गो, कोइरालाको फूल, काभ्रोको मुना, सजीवन, लप्सी, सिप्लिकान, भक्किम्लो, सित्तलचिनी, गोलभेंडाको भेत्तल आदिको अचार निकै स्वस्थबर्धक हुन्छ ।

१४. हाम्रा परम्परागत खाना जस्तै नेवारी खाजा, थकाली खाना लगायत निकै सन्तुलित छन् ।

१५. हामीले पुजा गर्दा थाहा नपाइ मेडिटेसन गरिरहेका हुन्छौं । १६। दुध, दही, घ्यु, हरियो सागसब्जी, दाल, भात, रोटी, फापर, मकै, कोदो, चना, केराउ, मौसम अनुसारका फलफुल निकै स्वस्थबर्धक हुन्छन् ।

१७. अयला, जांड, छ्यांग, तोम्बा, कोदाको ठर्रा, तीनपाने, ताडी लगायतका घरेलु रक्सी उचित मात्रामा खाँदा स्वास्थ्य बिग्रेको हुँदैन ।

१८। हामीले आफनी बारी, खेत, करेसाका तरकारी ताजा टिपेर खाने गर्दछौं ।

१९. हाम्रो खानाको रुटिन निकै बैज्ञानिक छ । बिहानदेखि रातिसम्म धेरैपटक खाना र खाजा खान्छौं ।

२०. तत्काल काटेको मासु खाने प्रचलन निकै स्वस्थकर छ । हामीले फ्रोजन मासु ल्याएर, फ्रिजमा राखेर महिनौं खादैनौं ।

२१. हामी कहाँ अत्यधिक मोटोपनको समस्या छैन ।

२२. हामीहरु मुख बार्न निकै सिपालु छौं ।

२३. बिभिन्न बारमा ब्रत बस्ने चलनले पाचन प्रणालीलाई तरोताजा राख्दछ ।

२४. आयुर्बेद, योग, प्राकृतिक चिकित्सा, हिमालय मेडिसिनको स्थानीय स्तरमा निकै प्रयोग हुन्छ ।

२५. तन्त्र, मन्त्र, लागो, धामीझाँक्री आदिको मनोबैज्ञानिक पक्ष आत्मबल बर्धक छ ।

सम्बन्धित समाचार