कोरोना भाइरसका कारण अमेरिकन ज्याज गिटारिष्ट पिज्जरेलीको मृत्‍यु

कोरोना भाइरसका कारण अमेरिकी ज्याज गिटारिष्ट जोन ‘बकी’ पिज्जरेलीको मृत्यु भएको छ । ९४ वर्षीय जोनलाई आइतबार कोरोना पोजिटिभ पुष्टि भएको र उनको घरमै मृत्यु भएको परिवारले जनाएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिकाको पिटर्सनस्थित न्यू जर्सीमा जन्मिएका जोनले आफ्नो जीवनमा आठ दशक गिटारिष्ट भएर योगदान दिएका थिए। यसका साथै उनी न्यु जर्सी हल अफ फेमको सदस्‍यको रुपमा थिए।



यसअघि अरु दुई अमेरिकन म्युजिसियन (८५ वर्षीय ज्याज पियानिष्ट इलिस मर्सालिस र पप ब्‍याण्ड फाउण्टेन्स् वेनीका ५२ वर्षीय एडम स्केसिङगर) को कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।

सम्बन्धित समाचार