लकडाउन एक साता थप्ने सरकारको तयारी

सरकारले लकडाउनको समयअवधि बढाउने तयारी गरेको छ । एक मन्त्रीका अनुसार शनिबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयअवधि बढाउने निर्णय गरिने छ ।

कोभिड १९ बाट संक्रमित हुनेहरु बढिरेहको अवस्थामा लकडाउनको समयअवधि बढाउनु उपयुक्त हुने निचोडमा प्रधानमन्त्री केपी शर्मा ओलीनै पुगेको ती मन्त्रीको भनाइ छ ।



सरकारले पहिलोपटक लकडाउन चैत ११ गतेदेखि १८ गतेसम्म घोषणा गरेको थियो । फेरि १६ गतेको मन्त्रीपरिषद् बैठकले २५ गतेसम्मका लागि दोस्रो पटक लकडाउनको समय अवधि बढाएको थियो ।

बिहीबार बस्ने मन्त्रीपरिषद् बैठकले बैशाख ३ गतेसम्म लकडाउनको समयअवधि बढाउने तयारी भएको ती मन्त्रीको भनाइ छ ।

सम्बन्धित समाचार