दुबै अध्यक्षलाई भेटेर नेकपा प्रवक्ता श्रेष्ठले गरे यस्तो माग

सत्तारुढ दल नेकपाका सचिवालय सदस्यसमेत रहेका प्रवक्त नारायणकाजी श्रेष्ठले पार्टीको बैठक बोलाउन माग गरेका छन् । प्रवक्ता श्रेष्ठले आफूले पार्टीका दुबै अध्यक्षलाई भेटेर बैठक राख्ने विषयमा कुराकानी गरेको समेत जानकारी दिए ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठले अहिलेको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालय बैठक बस्नुपर्ने उल्लेख गरेका छन् । उनले शिघ्र पार्टीको बैठक बस्ने विश्वास गर्दै बस्नै पर्ने उल्लेख गरेका छन् ।



आवश्यक पर्दा मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको बैठक बसेकोले सचिवालय बैठक स्वास्थ्य प्रोटोकललाई ध्यान दिँदै बस्नु पर्ने उनको माग छ । विषम परिस्थितिमा पनि सत्तारुढ दलको बैठक नबसेको भन्दै आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार