अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सरकारसँग औलोको लागि प्रयोग हुने हाइड्रोक्सीक्लोरिकिनको खोप अमेरिका पठाउन आग्रह गरेका छन् । ट्रम्पले यो औषधि कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि महत्वपूर्ण साबित हुन सक्ने भन्दै भारतसँग उक्त खोपको लागि आग्रह गरेका हुन् ।
बीबीसी हिन्दीका अनुसार मेडिकल विशेषज्ञले भने यो औषधि कोरोना भाइरसको उपचारमा सहयोगी हुने कुनै प्रमाण नपाइएको बताएका छन् । भारत यो औषधिको लागि विश्वको सबैभन्दा ठूलो निर्माता हो । तर, अहिले भारतले यो औषधि निर्यातमा रोक लगाइसकेको छ । भारतले यो भाइरस आफ्नो मुलुकमा तीव्र गतिमा फैलिएको खण्डमा यसको आवश्यकता पर्न सक्ने भन्दै यसको निर्यातमा रोक लगाएको हो ।
ट्रम्पले अबको केही दिनमा अमेरिकामा कोरोना भाइरसबाट धेरै मानिसको मृत्यु हुने बताएका छन् । उनले आगामी दुई साता अमेरिकाको लागि निकै कठिन हुन सक्ने बताएका हुन् । अहिले अमेरिकामा यो भाइरसको संक्रमितको संख्या तीन लाख १२ हजार नाघिसकेको छ । यसबाट साढे आठ हाजार नाघिसकेको छ । मृत्यु हुनेमध्ये दुई हजार छ सय ६४ जनाको मृत्यु न्युयोर्कमा भएको छ ।