कोरोना भाइरस: भारतमा मृत्यु हुनेको संख्या ११७ पुग्यो, ४ हजार २८८ संक्रमित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ संक्रमित भेटिएका छन् । यो सँगै भारतमा संक्रमित हुनेको संख्या ४ हजार २८८ पुगेको छ । भारतमा संक्रमितमध्ये ३२८जना उपचारपछि निको भएका छन् । ३ हजार ८४३ जना उपचाररत छन् ।



यसैबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १२ लाख ७२ हजार नाघेको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ४ हजार ७२८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६९ हजार ४१८ पुगेको छ ।

सम्बन्धित समाचार