कोरोना भाइरस (कोभिड–१९)का कारण ज्यान गुमाउनेको संख्या ७४ हजार नाघेको छ । आज बिहान ६ बजेसम्म कोरोनाका कारण विश्वभरमा कुल ७४ हजार ६४७ जनाले ज्यान गुमाएका छन् । १३ लाख ४५ हजार ७२६ जनामा कोरोनाको संक्रमण देखिएकोमा २ लाख ७८ हजार ४१३ यो संक्रमणबाट मुक्त भइसकेका छन् ।
अहिले ९ लाख ९२ हजार ६६६ कोरोना संक्रमित रहेकामा यसको ९५ प्रतिशतको अवस्था सामान्य रहेको छ भने ५ प्रतिशत अर्थात ४७ हजार ५१८ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १६ हजार ५२३ जनाको मृत्यु भएको छ भने स्पेनमा १३ हजार ३४१ जनाको तथा अमरिकामा १० हजार ८७१ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा ९ जना संक्रमित देखिएकोमा एक जना निको भएर घर फर्किसकेका छन् । उपचाररत ८ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।