प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लडाईमा युद्धस्तरमा काम भइरहेको बताएका छन् । उनले देशबासीका नाममा सम्बोधन गर्दै विश्वमा कोरोना भाइरस संक्रमणको भयावह अवस्थमा रहेका जनाए । यो विसम परिस्थितिमा कोरोनाविरुद्धको लडाइँमा साझा ऐक्यवद्धता जनाएको बताए ।
नेपालमा संक्रमणको पहिलो केश देखिएसँगै साझा अभियान जारी रहेको जनाए । उनले मुलुक अझै उच्च जोखिममा रहेको हुँदा दुई सातादेखि लकडाउन गरिएको जानकारी दिए । उनले यो लकडाउनका कारण परेका प्रभावप्रति क्षमाप्राथी रहेको जनाए ।
उनले विद्यार्थीहरुको पढाई छुटेको, दैनिक ज्यालामजदुरी गर्नेको अवस्था नाजुक बनेकोप्रति क्षमाप्रार्थी रहेको बताए । महामारी फैलिन नदिन गरेको लकडाउने महत्वपूर्ण रहेको समेत बताए ।
अझै भयावह बन्ने अवस्थालाई मध्यनजर गर्दै लकडाउन लम्ब्याइएको बताए । यस अभियानमा सबैलाई साथ दिन समेत प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् । कोरोना रोकथाममा खटिनै सबैप्रति उनले आभार प्रकट गरेका छन् । उनले विकशित मुलुकको तुलनामा हामीले चालेको कदम निकै प्रभावकारी रहेको समेत जानकारी दिए ।