विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९१९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १२ हजार ७९० पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ६०८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३ लाख ९५ हजार ६१२ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २१ हजार ६७४ जना उपचारपछि निको भएका छन् । ९ हजार १ सइ ६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । ३ लाख ६१ हजार १४८ जना उपचाररत छन् ।
यस्तै कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । एकै ११ हजार ५९ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ६९ पुगेको छ ।
फ्रान्समा संक्रमितमध्ये १९ हजार ३३७ जना उपचारपछि निको भएका छन् । ७ हजार १३१ जनाको अवस्था गम्भीर रहेको छ भने ७९ हजार ४०४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८२ हाजर ५३ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख ३१ हजार ५३३ पुगेको छ ।