कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीेको मृत्यु भएमा सिमकोट गाउँपालिकाले १० लाख दिने

हुम्लाको सिमकोट गाउँपालिकाले कोरोना भाइरसको संक्रमित बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको संक्रमणका कारण मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत दिने भएको छ ।

गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका क्रममा स्वास्थ्यकर्मी आफै संक्रमित भएर मृत्यु भए स्वास्थ्य बिमा बापत दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए ।



कोरोना भाइरसको प्रकोप रोक्न स्वास्थ्यकर्मीलाई उत्पे्ररित गर्नका लागि प्रोत्साहन स्वरुपको यो व्यवस्था गरिएको उनले बताए । त्यसैगरि अहिलेको महामारीका बेला खेटिने कर्मचारीहरुका लागि तह अनुसार जोखिम भत्ता दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले अहिलेको आवागमन बन्दका बेला लक्षित परिवारलाई राहत उपलब्ध गराउने मार्गदर्शन तथा मापदण्ड २०७६ पनि पारित गरेको छ ।

यो पारित भएसँगै राहत पाउने लक्षित वर्ग छनोटको बाटो पनि खुलेको छ । त्यस्तै अर्थ मन्त्रालयको परिपत्र अनुसार खर्च गर्न नपाइने शीर्षकमा बिनियोजित बजेट तत्काल रोक्का गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित समाचार