आफू जस्तो नैतिक र सदाचारी अरु नभएको गोकुल बाँस्कोटाको दाबी

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू जस्तो नैतिक र सदाचारी अरु नभएको दावी गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करोडौं कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिन बाध्य पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफू अनैतिक र भ्रष्ट नभएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले एक जनाले प्रश्न उठाउनसाथ आफूले छानबिनमा सहयोग पुगोस् भनेर राजीनामा दिएको तर्कसमेत गरेका छन् । उनले इमानदारिता र नैतिकतामा आफू पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र पूर्वमन्त्री केशरबहादुर विष्टको समान रहेको जिकीर पनि गरेका छन् ।



सिंहदरबार जलेपछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र रंगशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टबाहेक अरूले आफूले जसरी राजीनामा नदिएको तर्क बाँस्कोटाले गरेका हुन् । आफूलाई अनैतिक र भ्रष्ट भन्नेलाई उनले उडाउँदै भनेका छन्, ‘बात गर्छन् ।’

आफ्नो सामाजिक सञ्जालमा बाँकोटा लेख्छन्, ‘एक जनाले मात्र प्रश्न खडा गर्नासाथ राज्य संयन्त्रलाई छानबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ । सिंहदरबार जल्नासाथ कीर्तिनिधि विष्ट र रंगशाला दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिएबाहेक कसैले मैले जसरी राजीनामा दिएका छन् ? अझ म अनैतिक र भ्रष्ट ? बात गर्छन् !’

सम्बन्धित समाचार