मौसम पूर्वानुमानः चट्यांङसहित असिनापानीको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देखि देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरेको छ । विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आज मध्य र पूर्वका केही स्थानहरु र पश्चिमका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्चिमी वायुको समेत आंशिक प्रभाव महाशाखाले बताएको छ। हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । २४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



सम्बन्धित समाचार