नवकान्तिपुर संवाददाता
नुवाकोट, बैशाख ७ ।

नेपाली कांग्रेस ककनी गाउँपालीका– २ का वडा इकाई कमिटीको भेला सभापति राजन न्यौपानेको अध्यक्षतामा हालै सम्पन्न भएको छ ।
भेलामा पूर्व क्षेत्रीय सभापति अर्जुनप्रसाद न्यौपाने, ककनी काठमाडौं सम्पर्क समितिका सभापति ऋषिकुमार तामाङ, पार्टीबाट निर्वाचित सदस्य ठाकुर घिमिरे, ककनी काठमाडौं सम्पर्क समितिका प्रेस सल्लाहकार नवराज घिमिरे, नेवि सघंका विद्यार्थी नेता ज्ञानेन्द्रप्रकाश गजुरेल र अन्य सदस्यहरूका साथै कार्यकर्ता एवम् शुभचिन्तकहरूको उपस्थिति थियो ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट नुवाकोटको ककनी गाउँपालिका वडा नं २ पनि धेर–थोर प्रभावित छ । यस्तो महाविपत्तिको बेलामा पनि पार्टीको भेला आयोजना गरी वडामा देखापरेका विभिन्न समस्याहरू र त्यसको समाधानका विषयमा व्यापक छलफल भएको कुरा प्रेस सल्लाहकार नवराज घिमिरेले नवकान्तिपुरलाई जानकारी गराए ।
भेलाले वडामा जनप्रतिनिधिले गरेको काम निष्पक्ष र जनउत्तरदायी नभएको, कोरोना भाइसरको महाविपत्तिमा वितरण गरिएको राहत सामग्री पनि निष्पक्ष र सन्तुलित हुन नसकेको तथा अन्य विकासका कामहरू पनि पारदर्शी रूपमा नभएको निष्कर्ष निकाल्दै त्यसको अनुगमन र निरीक्षण गर्ने कार्य वडा सभापति राजन न्यौपानेको नेतृत्वलाई सुम्पने निणर्य गरिएको कुरा सभापति न्यौपानेले जनाकारी गराए ।
