अध्यादेश ल्याएर देशलाई अस्थिरतामा धकेल्ने प्रयास भयोः उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले अध्यादेश ल्याएर मुलुकलाई अस्थिरतामा धकेल्न खोजेको आरोप लगाएका छन्। समाजवादी पार्टीका अध्यक्ष यादवले यो बेलामा अध्यादेश ल्याएर मुलुकलाई केही फाइदा नहुने बताए ।

‘राजानीतिक स्थिरता देशको आवश्यकता हो । देशलाई अस्थिर बनाउने भनेको राष्ट्रघाती काम हो’ उनले भने, ‘दललाई अस्थिर बनाउने अनि मुलुकको राजनितिक स्थिरतालाई समाप्त पार्ने र लोकतन्त्रलाई समाप्त पार्ने दिशातर्फ यो कदम उन्मुख रहेको छ।’



कोरोनाको महामारीले जनता आत्तिएको मौका पारेर अध्यादेश ल्याइएको उनले बताए । ‘अरुबेला ल्याएको भए जनबिरोध हुन्थ्यो प्रदर्शन हुन्थे त्यही भएर यो मौका छोपीएको हो’ उनले भने, ‘यो जनताको भावना विपरितको काम हो भने जनताप्रतिको अनादर पनि हो।’

सम्बन्धित समाचार