प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारलाई पछिल्ला निर्णय फिर्ता गर्न माग गरेको छ । मंगलबार विहान पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले निर्णय फिर्ता लिन माग गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । ।
उनले भने, ‘आजको बैठकमा हामी हिजोको अध्यादेशबारे केन्द्रित भयौँ । संविधानको ठाडो उल्लंघन, लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको हाम्रोख ठहर छ । यसबारे पार्टीले गम्भीर गरेको छ । यी अध्यादेश फिर्ता लिन माग गर्न माग गरेका छौँ ।’
सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेश सोमबार नै राष्ट्पतिबाट जारी सोमबारबाटै कार्यान्वयनमा आइसकेको छ । यसबारे काँग्रेसले बुधबार सरकार बाहिर रहेका दलहसँग पनि छलफल गर्ने निर्णय गरेको छ । यस्तै सम्पूर्ण लोकतन्त्र प्रेमी नागरिकलाई सरकारको निर्णयको प्रतिवाद उत्रिन आग्रह गरेको छ ।
काँग्रेसले लकडाउनका कारण सरकार विरुद्ध समाजिक सञ्जालबाट कालो झण्डा देखाउने लगायका कार्य अगाडि बनाउन महतले जानकारी दिए । सरकारले निर्णय फिर्ता नलिए कानुनी बाटोमा जानेबारे पनि छलफल भएको उनको भनाइ छ । मंगलबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘लकडाउनले कहाँ छेक्छ र हेर्नुस् हजारौँ कालो झण्डा सामाजिक सञ्जलामा’ ! भन्दै प्रधानमन्त्रीको आधिकारीक ट्वीटर ह्यान्डलमा म्यान्सन गरेका थिए ।
जनता कोरोनाको सन्त्रासमा रहेका बेला सत्ताको खेल बन्द गर्न उनको आग्रह छ । सामाजिक सञ्जालमा काँग्रेसले सार्वजनिक गरिएको कालो झण्डामा लेखिएको छ, ‘प्रधानमन्त्री सत्ताको खेलमा, जनता कोरोनाको सन्त्रासमा’!
लक डाउनले कहाँ छेक्छ र @PM_Nepal
हेर्नुस् हजारौं कालो झण्डा सामाजिक संजालमा !जनता कोरोनाको सन्त्राष छन् ,बन्द गर्नोस् सत्ताको खेल ! pic.twitter.com/PbeFZC6JpE
— Bishwa Prakash शर्मा (@bishwaprakash77) April 21, 2020