भारतीय कांग्रेसका नेता राहुल गान्धीले सरकारले धनीलाई बचाउन चामलबाट सेनिटाइजर बनाएर भोकभोकै जीवन गुजारिरहेका गरिबलाई मार्न खोजेको बताएका छन् ।
राहुल गान्धीले ट्वीटरमा हिन्दी भाषामा लेख्दै गरिबहरु भोकभोकै मरिरहेका बेला सरकारले सेनिटाइजर बनाउन चामलको प्रयोग गर्न अनुमती दिएकोप्रति आक्रोश पोखेका छन् । उनले गरिबहरु सरकारको निर्णयविरुद्ध उत्रन आह्वान गरेका छन् ।
भारतमा हालसम्म १८ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने करिब ६ सय जनाको ज्यान गइसकेको छ ।
आख़िर हिंदुस्तान का ग़रीब कब जागेगा? आप भूखे मर रहे हैं और वो आपके हिस्से के चावल से सैनीटाईज़र बनाकर अमीरों के हाथ की सफ़ाई में लगे हैं।https://t.co/5NjoMmsJnK
— Rahul Gandhi (@RahulGandhi) April 21, 2020