के तानाशाह किम जोंग उन कोरोना संक्रमित भएका हुन् ?

उत्तर कोरियाका तानाशाह किम जोंग उनको स्वास्थ्यलाई लिएर कैयौं प्रकारको खबरहरु आइरहेका छन् । अमेरिकी रिपोर्टका अनुसार उत्तर कोरियाको तानाशाहको सर्जरी भएको छ । किम जोंग उनलाई कोरोना भएका अनुमान गरिएको छ ।

किमको कोरोनासँगको सम्बन्धलाई बुझ्न निकै सजिलो छ । किनकि उत्तर कोरिया चीनको छिमेकी हो । उत्तर कोरियाको राजधानी प्योंगयांग र चीनको वुहानको बीचको दुरी १,५०० किलोमिटर छ । उत्तर कोरियाले बारम्बार यही दाबा गरेको छ कि उत्तर कोरियामा कोरोनाका बिरामीहरू छैनन् । यो दावीलाई तब सत्य मानियो जब उत्तर कोरियामा विशेष समारोहको तयारी आरम्भ गरियो ।



उत्तर कोरियाको राजधानी प्योंगयांगमा शाही कार्यक्रम अर्थात् किमको हजुरबुबा किम २ सुंगको जयन्तीको तयारी चलिरहेको थियो । सधैंझैं यो साल पनि भव्य तरिकाले मनाउने तयारी थियो । भव्य तरिकाले मनाइने यो कार्यक्रम नेशनल होलिडेको नामबाट पनि चिनिन्छ । अप्रिल १५ को कार्यक्रम खतम भयो तर कार्यक्रमबाट यस साल किम र उनको परिवार गायब थिए । यो पहिलो चोटी भएको थियो कि आफ्नो हजुरबुबाको जयन्ती समारोहमा उनीहरू उपस्थित भएनन् ।

एउटा अन्तर्राष्ट्रिय रिपोर्टमा यो दाबी गरिएको छ कि १५ अप्रिलको नेशनल होलिडेको कार्यक्रमको तस्वीर सामुन्ने आयो । उत्तर कोरियाको ठूला अफिसरहरू प्यालेस अफ सनमा किमको हजुरबुबालाई श्रद्धाञ्जलि दिएको देखियो तर किमको एउटा पनि तस्विर सामुन्ने आएन । यही दिनबाट दुनियाँलाई यो कुराको एकिन भयो कि किमको हालत ठीक छैन । उनलाई या त कोरोना भयो वा अन्य कुनै गम्भीर विमारी ।

प्रश्न यो पनि हो कि यदि किम विरामी थिए भने उनकी बहिनी कहाँ थिइन् ? घटनाक्रमले के देखाउँछ भने सम्भवतः किमको पूरा परिवार नै कोरोना पोजिटिभ भएका छन् । यो पनि भनिएको छ कि किमलाई कोरोना संक्रमण एउटा चाइनिज डाक्टरबाट भएको हो । कुनै एक चाइनिज डाक्टर पनि उनको हर्ट सर्जरीमा सामेल थिए । यसरी उत्तर कोरियाको सबभन्दा ठूलो कार्यक्रममा किमको अनुपस्थितिलाई कैयौं तरिकाले लिइएको छ ।

जुन समयमा सारा दुनियाँ कोरोना भाइरसको कहरले त्रस्त छ, त्यस समयमा किमको किल्ला नै यसबाट सुरक्षित थियो । किमले यो कुरा बताइरहेका थिए कि उनको देशमा कोरोना सङ्क्रमण सम्भव भएको छैन । तर विकसित घटनाक्रमलाई हेर्दा एक चाइनिज डाक्टरको कारणले तानाशाहलगायत उनको पूरै परिवार विरामी भएका छन्, जसमा उनकी प्यारी बहिनी पनि सामेल छिन् ।

 

सम्बन्धित समाचार