राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ । विहीबार साँझ शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।
‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई पछिल्ला घटनाक्रम र देशको अवस्थाबारे जानकारी गराउनुभयो’ थापाले भने, ‘यो नियमति भेटघाट हो।’ पौने सात बजे शितल निवास पुगेका ओलीको भेटवार्ता ८ बजेसम्म जारी थियो । यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा ओलीले अध्यादेश फिर्ता लिने बताएका थिए ।
राष्ट्रपतिसँगको भेटमा अध्यादेश खारेज गर्ने विषयमा कुरा भएको नेकपा स्रोतकाे दाबी छ । संविधानअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने छिन् ।