जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट अपमानजक रुपमा बहिर्गमन हुने दाबी गरेका छन् । समाजवादी पार्टी र राजपा नेपालबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी, नेपाल दर्ता गराएपछि महतोले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने,’केपी ओलीको पार्टी फुट्छ । ओलीको हालत हेर्दै जानुहोस् । अपमानजनक रुपमा ओलीको सत्ताबाट बहिगर्मन् हुन्छ । सरकारले यो अध्यादेश नेकपा फुटाउन ल्याएको हो । हाम्रो पार्टी एक छ । कसैले पनि फुटाउन सक्दैन् । अध्यादेश फिर्ता नलिए कडा आन्दोलन गर्छौं ।’
महतोले ओलीले राजपा र समाजवादी पार्टीलाई फुटाउने प्रयास गरेपनि सफल नभएको बताए । पार्टी एकीकरणलाई लिएर कोहिपनि असन्तुष्ट नरहेको उनको दाबी थियो ।