विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत हप्तासम्म सामान्य रहेको भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
अघिल्लो दिन भारतमा ४० जनाले कोरोनाको कारणले ज्यान गुमाएका थिए । अहिलेसम्म भारतमा २४ हजार ५ सय भन्दा बढी संक्रमणको पुष्टि भइसकेको छ ।
यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ७ सय ८० जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टा यता भारतमा १ हजार ४ कोरोना संक्रमित भेटिएका छन् । भारतमा संक्रमित बढ्दा नेपालमा लकडाउन खुकुलो बनाउने वातावरण नबनेको जानकारहरु बताउछन् ।