कोरोना रोकथामका लागि गठित नोभल कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको वैठक आज बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको वैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा बस्ने पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।
वैठकले कोरोनाका कारण देशमा जारी लकडाउनको मोडालिटीका बारेमा छलफल गर्नेछ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीबारे गृहकार्य गर्न उच्चस्तरिय समन्वय समितिलाई निर्देशन दिएका थिए । उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने र उसले दिएको सुझावका आधारमा मन्त्रिपरिषदको बैठकले अन्तिम निर्णय लिनेछ।
मन्त्रीपरिषद्को वैठक आज या भोलि बस्ने बताइएको छ। देशमा एकमहिनादेखि जारी लकडाउनको पछिल्लो समयसीमा सोमबार सकिदैंछ।