भारतमा कोरोनाले ७७९ को मृत्यु, २४ हजार ९०० संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमणका कारण ७७९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाए अनुसार २४ हजार ९४२ मा कोरोना संक्रमण देखिएको छ ।

५ हजार २१० निको भएर घर फर्किसकेका छन् बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४९० मा कोरोना संक्रमण पुष्टि भएको छ भने ५६ मृत्यु भएको छ ।



विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख नाघेको छ। आइतबार बिहानसम्म २ लाख ३ हजार २ सय ६९ को ज्यान गएको हो । संक्रमित संख्या २९ लाख ३० हजार नाघेको छ ।

सम्बन्धित समाचार