मन्त्रिपरिषद बैठक आज बस्दै छ। आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्ने छ । प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको हो । समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ । यसका साथै सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ । अहिलेसम्म कोरोनाविरुद्ध सरकारले गरेको तयारी सफल भएको निष्कर्ष पनि निकालिएको छ ।
त्यस्तै काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ । कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ । यसअघि लकडाउन तीन पटकसम्म थपिएको छ ।