अमेरिकन आइडलमा सहभागी नेपाली गायक दिवेश पोख्रेललाई अगाडि बढ्न अब भोट चाहिने भएको छ। आइतबार तीन माध्यमबाट भोट गर्न सकिने उनले बताएका छन् । सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई भोट गर्न सकिन्छ । एकजनाले ३० वटा भोट गर्न मिल्ने व्यवस्था रहेको छ ।
आज राती अमेरिकन आइडलको ‘टप २०’ प्रस्तुती प्रिमियर हुँदैछ । दिवेशलाई अब अगाडि बढ्नलाई भोटको आवश्यकता छ ।
भोट गर्ने तरिका,
उनले भिडियो सन्देश जारी गरी अहिलेसम्मको सांगीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
दिवेश अमेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका हुन् । ‘आर्थर गन’ को रुपमा परिचित पोख्रेल पाँच वर्ष अगाडि अमेरिका पुगेका हुन् । हाल अमेरिकाको कान्सास राज्यमा बस्ने उनी काठमाडौँमा हुर्केका हुन् ।
अमेरिकन आइडलको छनौटमा नै उनले निर्णायकहरु प्रतिष्ठित संगीतकर्मी केटी पेरी, ल्युक ब्रायन र लियोनल रिचिको तारिफ बटुलेका थिए । सुरुमा बब डेलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका थिए, त्यसपछि उनलाई लियानल रिचीले अर्को गीत गाउँन भने । त्यसपछि उनले क्रिडेन्स क्लियरवाटरको ‘ह्याव यू एभर सिन द रेन’ बोलको गीत गाएका थिए ।
यो गीत गाएपछि केटी पेरीले ‘ही इज दि बेस्ट’ भनेकी थिइन् । पेरीले दिवेशलाई ‘यू आर द रक स्टार’ भनेकी थिइन् । पेरीले जस्तै ल्युक ब्रायन तथा लियोनल रिचीले पनि दिवेशको खुलेर प्रशंसा गरेका थिए ।
https://youtu.be/46P8QcMq2QQ
त्यसपछि अर्को चरणमा पुगेका दिवेशले बब मार्लीके गीत गाउँदै टप २० मा पुगेका थिए । बब मार्लीको ‘इज दिश लभ’ बोलको गीत गाएका पोख्रेललाई तीनै जना निर्णायकले ‘स्टेन्डिङ ओभिएसन’ दिएका थिए । निर्णायक लियोनल रिचीले दिवेशलाई टप -२० मा पुगेको निर्णय सुनाउनुअघि उनको मज्जाले तारिफ गरेका थिए। रिचिले दिवेशलाई अगाडि बढाउने निर्णय सबैभन्दा सजिलो भएको भन्दै उनको क्षमताको खुलेर तारिफ गरेका थिए र उनलाई प्रतियोगिताकै सबैभन्दा युनिक प्रतियोगी भनेका थिए ।
अमेरिकन आइडलसम्मको यात्रा तय गर्ने क्रममा दिवेशले केही नेपाली गीत पनि गाएका छन् । उनले आफ्ना गीतहरु स्टेज नेम आर्थर गन नामक युट्युब च्यानलमा हेर्न सकिन्छ ।