झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
आजै पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका थिए ।