सरकारका तर्फबाट अर्को अध्यादेश जारी हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट अर्को अध्यादेश जारी गरिने बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले अर्को अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष पठाइएको बताएका थिए । खारेज भएका दुई अध्यादेशले थप कानूनी अन्यौल बढाएपछि त्यसलाई हटाउन अर्को अध्यादेश जारी गर्नु परेको उनले बैठकमा बताएका थिए ।

दल सम्बन्धी कानून र संबैधानिक परिषद्सम्बन्धी कानूनमा अचानक ल्याइएको अध्यादेशले परिवर्तन गरेपछि फेरि पुरानै अवस्थामा पुग्नलाई नयाँ ल्याइएको व्यबस्था खारेज गरेरमात्र नपुग्ने र पुरानो व्यबस्था नै कायम भएको भन्ने व्यहोराको अर्को अध्यादेश आवश्यक पर्ने भएकोले त्यसका लागि अध्यादेश जारी गर्न लागिएको हो ।



आइतबारको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिनसम्म थप गर्ने र नेपाली सेनाका केही उच्चपदस्थ अधिकृतहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ ।

यता दुई अध्यादेश खारेजपछि पनि साे प्रकरणलाई लिएर नेकपामा विवाद कायमै छ ।

सम्बन्धित समाचार