भारतमा कोरोनाले ८ सय ८२ जनाको ज्यान गयो, २८ हजार संक्रमित

भारतमा आइतबार दिनभरमा थप १६ सय जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८ हजार नजिक पुगेको छ। २७ हजार ८ सय नब्बेजना संक्रमित हुँदा ६ हजार जना उपचारपछि घर फर्किएका छन् ।  त्यहाँ ८ सय ८२ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ३० लाख नजकि पुगेको छ भने २ लाख ६ हजार बढीको मृत्यु भएको छ। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबारसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ७ सय ३४ पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण २ लाख ६ हजार ९ सय ९० जनाको मृत्यु भइसकेको छ।



कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार ८ सय १६ जना उपचारपछि निको भई घर फर्केका छन् । अहिले विश्वमा १९ लाख ८ हजार ७ सय ५६ जना कोरोना संक्रमित उपचारत छन् । उपचारतमध्ये ५७ हजार ६ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ।

सम्बन्धित समाचार