भारतमा मगंलबारसम्म कोरोना भाइरसबाट एक हजार बढीको ज्यान गइसकेको छ । ३१ हजार बढि मानिस संक्रमित पुष्टि भएको छ । राज्यका स्वास्थ्य विभागहरुको तथ्यांक अनुसार भारतभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ३२९ पुगेको छ भने १ हजार ७ जनाको मृत्यु भएको छ ।
मंगलबार मात्रै ७४ जनाको ज्यान गएको छ। यो संख्या दैनिकी ज्यान गुमाउने संख्यामा हालसम्मकै उच्च हो । सोमबार मात्र संक्रमणका कारण ५४ जनाको मृत्यु भएको थियो । ३१ हजार बढी संक्रमित मध्ये १० हजार संक्रमित पछिल्लो ७ दिनमा थपिएका हुन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी महाराष्ट्र र गुजरात राज्य प्रभावित छन् । यी क्षेत्रमा लकडाउनकाबिच जारी नै संक्रमितको संख्या बढिरहेको छ । भारतका प्रमुख स्वास्थ्य अधिकारीहरूले आगामी दिनहरूमा भारतले कस्ता निर्णयहरु पछ्याउदा संक्रमण नियन्त्रण गर्न प्रभावकारी हुन्छ भन्नेबारे छलफल हुने बताएका छन् ।
भारतले संक्रमण कम देखिएका र नियन्त्रणमा रहेका केही क्षेत्रहरुमा लकडाउनका प्रतिबन्धहरु सहज बनाएको छ ।