प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आग्रह गरेसँगै बैठक सञ्चालन गर्ने तयारीस्वरुप संसद भवनको अवस्थम बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका हुन् ।
सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन गर्ने तयारी थाल्न यसअघी नै संसद सचिवालयलाई आग्रह गरेका थिए । संसदको बजेट अधिवेशन गर्न संसद सचिवालयले पनि तयारी थालेपछी प्रधानमन्त्री ओली संसद भवन नयाँ बानेश्वर पुगेका हुन ।
प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन पुगेका छन् । सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।