खुमलटारमा रोकिएपछि बालुवाटारमा शुरू भयो सांसदको हस्ताक्षर अभियान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्समा पुगेको छ । आफूइत्तरका नेताहरु सरकार ढाल्न लागिपरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससदीय दलमा आफु बहुमत रहेको देखाउन आफू निकटका सांसदहरुलाई हस्ताक्षर गराएका छन् ।

बुधबार बिहानमात्रै पनि झण्डै एक दर्जन सांसदहरुले बालुवाटर पुगेर हस्ताक्षर गरेका छन् । प्रधानमन्त्रीले हस्ताक्षर गर्नका लागि गाडी नै लिन पठाएको सेतको दाबी छ । प्रचण्डपक्षका केहि संसदहरुले ओलीलाई समर्थन जनाएको बताइएको छ ।



यसअघि प्रधानमन्त्री ओलीविरुद्ध केही सांसदहरुले हस्ताक्षर अभियान चलाएको समाचार आएका थिए । मंगलबार प्रधानमन्त्रीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उक्त हस्ताक्षर अभियान भने रोकिएको थियो । आज बस्ने सचिवालय बैठकमा ओलीले संसदीय दलमा आफ्नो बहुमत रहेको पुष्टि गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार