सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ । आज साँझ साढे पाँच बजेदेखि बसेको बैठक ९ बजे टुंगिएको छ । बैठकमा पार्टीभित्र देखिएको आन्तरिक समस्या, पार्टी एकीकरणपछिका उत्तारचढार र समीक्षा गर्दै सरकारको कामका विषयमा पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा उठेका प्रस्ताव र छलफल निष्कर्षमा नपुगेकाले आगामी २० गते पुन अर्को बैठक बस्ने निर्णय भएको श्रेष्ठले बताए । आगामी सचिवालय बैठकले सचिवालय सदस्यले माग गरे अनुसार केन्द्रीय कमिटी बैठक बोलाउने पनि उनले बताए ।