विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख २८ हजार २६ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३२ लाख १८ हजार १८३ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।
विहीबार बिहान यो समाचार तयार पार्दासम्म १९ लाख ९० हजार १२५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५९ हजार ८१७ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ५५९ जनाको मृत्यु भएको छ भने ८१ हजार ६७७ जना संक्रमित भएका छन् । त्यस्तै कोरोना भाइरसले युरोपियन मुलुकहरुमा १३ लाख ४७ हजार ३८० जना संक्रमित छन् । एकै दिन २४ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।
यो समाचार तयार पार्दासम्म १ लाख ३२ हजार ९४३ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ४ लाख ८३ हजार ८८५ जना उपचारपछि घर फर्किएका छन् । ७ लाख ३० हजार ५५२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरुमध्ये २४ हजार १८२ को अवस्था गम्भीर छ ।
एसियाली देशमा कोरोना संक्रमितको संख्या ५ लाख ७ हजार ३२८ पुगेको छ । अहिलेसम्म १८ हजार २७७ ले ज्यान गुमाएका छन् । २ लाख ५५ हजार ९३७ जना उपचारपछि फर्किएका छन् । २ लाख ३३ हजार ११४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले ५ हजार ७८३ जनाको अवस्था गम्भीर छ ।
उत्तर अमेरिकी मूलुकहरुमा ११ लाख ५० हजार ९२५ जना संक्रमित भएका छन् । ६६ हजार ९४७ ले ज्यान गुमाएका छन् । अहिले ९ लाख १ हजार २७९ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । १९ हजार ९३७ जनाको अवस्था गम्भीर छ । १ लाख ८२ हजार ६९९ जना उपचारपछि घर फर्किएका छन् ।
दक्षिण अमेरिकी मूलुकहरुमा १ लाख ६५ हजार ८४१ जनामा संक्रमण देखिएको छ । ८ हजार १४४ जनाले ज्यान गुमाएका छन् । ५७ हजार २६१ जना निको भएका छन् भने १ लाख ४०९ जना उपचाररत छन् । ९ हजार ७४८ को अवस्था गम्भीर छ ।
अफ्रिकी राष्टमा ३७ हजार ६९३ संक्रमित भएका छन् । १ हजार ५९२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अस्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ८ हजार ३२२ जना संक्रमित भएका छन् । १०८ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६१ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बितेको २४ घण्टामा थप २ हजार ३५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६१ हजार ६१८ पुगेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५८६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ६३ हजार ३५१ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ४७ हजार ११४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख ५४ हजार ६१९ जनामध्ये १८ हजार ६७१ जनाको अवस्था गम्भीर छ ।
अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ३६ हजार ८९९ जना संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४५३ जनाको मृत्यु भएको छ भने ४ हजार ७७१ जना नयाँ संक्रमित थपिएका छन् ।