दक्षिण कोरियाको इन्चोन शहरको एक गोदाममा आगलागी हुँदा ३८ जनाले ज्यान गुमाएका छन् । त्यहाँको स्थानीय मिडियाका अनुसार बुधबार राति उक्त गोदामका मजदुरहरुले बेसमेन्टको लागि प्रज्वलशील सामानको प्रयोग गर्दा विस्फोट भइ आगो लागेको हो ।
मर्नेहरुमा सबै मजदुरहरु रहेका छन्। त्यहाँका अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन् किनकी उक्त विल्डिङमा करीब ७८ जना बसेका थिए ।
विस्फोटपछि प्रधानमन्त्री चुङ स्यो क्यूनले आगलागीमा उद्दार र राहत दिन निर्देशन दिएका छन् । तीन घण्टापछि बल्लतल्ल आगो निभाइएको छ भने आगो निभाउने क्रममा ८ जना दमकलका काम गर्नेहरु गम्भीर घाइते भएका छन् ।
घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।