गठबन्धन फुटाउने योजना सफल हुन दिदैनौं, ओलीको राजीनामा हाम्रो बटमलाइन हो: खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद निकै रोचक बन्दै गैरहेको छ । खासगरी बुधबारको सचिवालय बैठकपछि विवादमा नयाँ ट्वीष्ट आएको हो । बैठकमा आफैले पटकपटक ढोका दिएका वामदेव गौतमलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बनाउने विकल्प ल्याएपछि नेताहरू नै दङ्ग परेका थिए । यो विकल्पपछि नेकपाको विवादमा नयाँ बहस शुरू भएको छ ।

यस्तैमा तेस्रो वरीयताका नेता झलनाथ खनालले भने प्रधानमन्त्री जो बनेपनि समस्या नहुने तर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए निकास निस्कने बताएका छन् । नेता खनालले आफूहरूले यसैलाई प्रधानमन्त्री बनाउँ भनेर नभनेको बताएका हुन् । खनालले भनेका छन् ओलीको राजीनामा बटमलाइन भएको त्यसपछि जो प्रधानमन्त्री बनेपनि फरक नपर्ने बताए ।



प्रधानमन्त्री ओलीको विकल्प खोज्न तयार भएको मोर्चाले जोडबल गरेपछि बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री प्रस्ताव गरेका थिए । माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका थिए । खनालले ओलीको यो प्रस्ताव गठबन्धन टुटाउने, फुटाउने उद्देश्यबाट प्रेरित भएपिन सफल नहुने बताए ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको धुवाँधार विरोध भएको र प्रधानमन्त्री ओलीले आफू बच्नको लागि नयाँ फण्डा ल्याएको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीको सबैले राजीनामा मागेको समेत उनले बताए । वामदेवको नाम प्रस्ताव हुँदा नेताहरूले आपत्ति नजनाएको खनालले बताएका छन् । प्रधानमन्त्री ओलीले जहिले पनि फण्डा ल्याउने र समय बिताउने खेल खेल्ने गरेकाले अनौठो नलागेको समेत खनालले बताए ।

सम्बन्धित समाचार