कोरोना भाइरसले विश्वभर २ लाख ३४ हजारको ज्यान गयाे, ३३ लाख ७ सयबढी संक्रमित

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार ७४ पुगेको छ । ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट ३३ लाख ७ हजार ६५९ मानिस संक्रमित भएका छन् । विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ३९ हजार १७९ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ३१ हजार २५६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५० हजार ९६२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ८ सय जनाको मृत्यु भएको छ भने ८५ हजार ९५७ जना संक्रमित भएका छन् ।



अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ८२५ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ९५ हजार १९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् । १५ हजार २२६ जनाको अवस्था गम्भीर छ । ८ लाख ७८ हजार ८३९ जना उपचाररत छन् ।

सम्बन्धित समाचार