७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा

अफगानिस्तानका ७० लाख भन्दा बढी बालबालिका भोकमरीको गम्भीर जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्यान्नको मूल्य अत्याधिक बढेकाले बालबालिकाहरु भोकमरीको जोखममा परेको सेभ द चिल्ड्रेनको प्रतिवेदनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय समुदायले तत्काल कुनै कदम नचाले अफगानिस्तानले अहिले भोक, रोग र मृत्युको आँधीको सामना गर्नु पर्ने सेभ द चिल्ड्रेनका प्रवक्ताले बताएका छन् । अफगानिस्तानको कुल जनसंख्याको एक तिहाइ बालबालिकाको संख्या छ । देशका ७३ लाख बालबालिका अहिले भोकमरीको संघारमा रहेको उल्लेख छ ।



संयुक्त राष्ट्रसंघले हालै अफगानिस्तानलाई भोकमरीको जोखिममा रहेको देशको सूचिमा राखेको थियो ।

विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० ले विश्वका विभिन्द देशमा कोरोना भाइरसको महामारीसँगै भोकको महामारीको जोखिम रहेको भन्दै चेतावनी दिएको थियो ।

सम्बन्धित समाचार