विश्वभर कोरोना भाइरसको संक्रमणबाट दिनहुँ हजारौँ मानिसको मृत्यु भइरहेको छ । चीनबाट फैलिएको यो भाइरसले पछिल्लो समय युरोप हुँदै अमरिकी राष्ट्रहरुलाई त्रस्त पारेको छ ।
अमेरिका स्पेन र इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । मृत्यु हुने र संक्रमित हुनेहरुको संख्या दिनदिनै बढिरहेका बेला उपचारपछि निको हुनेहरुको संख्या पनि झण्डै साढे १० लाख पुगेको छ ।
अहिलेसम्म १० लाख ४३ हजार ४८ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । जम्मा संक्रमित ३३ लाख ९ हजार ४९ जना मध्ये २ लाख ३४ हजार भन्दा धेरैको मृत्यु भएको छ।
अहिले २० लाख ३१ हजार भन्दा धेरै व्यक्तिहरुको उपचार भइरहेको छ । ती मध्ये झण्डै ५१ हजार मानिस गम्भीर छन् । हालसम्म कोरोना भाइरसविरुद्धको औषधि तथा खोप पत्ता लागेको छैन ।
वैज्ञानिकहरुले कोरोनाविरुद्धको उपचारपद्धति पत्ता लगाउन जुटिरहेका छन् । केही खोपहरु परीक्षणको क्रममा छन् ।