कोरोना भाइरसको संक्रमण अधिकतम दुई वर्षसम्म रहने दाबी

कोरोना भाइसको संक्रमण आगामी एक–दुई वर्षसम्म कुनै–कुनै रुपमा देखिने अमेरिकाको एक रिपोर्टमा दाबी गरिएको छ ।

अमेरिकाको सेनटर फर इन्फेक्सस डिजिज रिसर्च एण्ड पोलिसी (सिआइडिआरएपी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालै कोरोना भाइरसको संक्रमण अन्त्य हुने सम्भावना नरहेको उल्लेख गरिएको छ ।



सो प्रतिवेदनमा कोभिड–१९ पहिलेका महामारीले अहिलेको अवस्थालाई मूल्यांकन गरेर तीन सम्भावनाहरु प्रस्तुत गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘पहिलो सम्भावना यो छ कि महामारी विभिन्न उतार चढावपछि सन् २०२१ सम्ममा अन्त्य हुन सक्ने छ । यसमा विभिन्न देशको भौगोलिक परिवेश र भाइरसलाई नियन्त्रणमा लिनका लागि गरिएका प्रयास निर्भर रहन्छ ।’

अवस्था नाजुक रहेमा कोरोना भाइरसको संक्रमण सन् २०२२ सम्म पनि रहने प्रतिवेदनमा उल्लेख छ । सन् १९१८–१९ को स्पेनिस फ्लू महामारीका बेला पनि यस्तै भएको थियो ।

प्रयासहरुले काम गरे र भाइरस नियन्त्रणमा आउने क्रम जारी रह्यो भने केही संक्रमण बाँकी रहे पनि महामारीमा काबु भने पाउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार