चीनमा एक पत्रकारलाई यहाँको सत्तारुढ कम्युनिस्ट पार्टीमाथि ‘आक्रमण गरेको’ आरोपमा १५ वर्षका लागि जेल सजाय सुनाइएको छ ।
चिनियाँ सरकारका आलोचकको रुपमा चिनिने पत्रकार चेन जिएरेनमाथि यस्तो सजाय सुनाइएको हो । जसलाई अभिव्यक्ति स्वतन्त्रताविरुद्ध राष्ट्रपति सि जिनफिङको कार्यकालकै कठोर निर्णयको रुपमा व्याख्या गरिएको छ ।
जब कि, राष्ट्रपति सि ले सरकार र कम्युनिस्ट पार्टीलाई सहयोग गर्न भन्दै मिडियालाई आग्रह गर्दैआएका थिए । पत्रकार चेनले विगतमा कम्युनिस्ट पार्टीको मुखपत्र ‘पिपल्स डेली’का लागि पनि काम गरिसकेका थिए ।
पछिल्लो समय उनीमाथि झगडा निम्त्याएको र समस्यालाई प्रचारवाजी गरेको आरोप लागेको थियो । चिनियाँ मानव अधिकारवादीहरुले भने पत्रकार चेनलाई निशर्त रिहा गर्न माग गरेका छन् ।