तब्लिगी जमातीविरुद्ध योगी आदित्यनाथ जंगिए, रोग लुकाउनु अपराध सरह

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रोक लुकाएर संक्रमण फैलाएको भन्दै तब्लीगी जमातीविरुद्ध आक्रोसित देखिएका छन्।

रोग लुकाएर संक्रमण फैलाउनेविरुद्ध आपराधिक कसुरमा कारबाही गर्ने चेतावनी उनले दिएका छन्। दिल्लीमा केही समयअघि भएको धार्मिक सभामा सहभागी भएका जमातीबाट कोरोना भाइरसको संक्रमण फैलिएको आरोप लागेको छ ।



एक टेलिभिजनसँगको अन्तर्वार्तामा आदित्यनाथले भनेका छन्, ‘रोग लाग्नु अपराध होइन तर संक्रमण हुनेजस्तो रोक लुकाएर बस्नु भने अपराध हो। हाल तब्लीगी जमातीसँग आबद्ध भएकाहरुबाट संक्रमण फैलिरहेको छ ।’

उनले दिल्लीमा आयोजित जमाती सम्मेलनमा सहभागीहरुले संयमता अपनाएको भए कोरोना भाइरसको संक्रमण यतिधेरै नफैलने दाबी पनि गरेका छन् । दिल्लीस्थित निजामुद्धिनमा मार्च १३ देखि २४ तारिखसम्म १६ हजार पाँच सय जना सहभागी भएको बताएका छन्। तीमध्ये दिल्लीबाहिरका एक हजार जना रहेको दिल्ली प्रहरीले जनाएका छन् ।

पछिल्ला हप्ताहरुमा दिल्ली प्रहरीले उक्त जमाती सम्मेलनमा सहभागी सबै १६ हजार पाँच सय जनाको कल डिटेल्स र लोकेसन पत्ता लगाइसकेको छ। उनिहरु अन्य १५ हजार मानिसको सम्पर्कमा आएको प्रहरीको दाबी छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन धार्मिक सम्मेलनहरुमा प्रतिबन्द लगाइनुका बाबजुत जमातिहरुले कार्यक्रम गरेको भन्दै संस्थाका प्रमुख मौलाना सादसहित ७ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।

सम्बन्धित समाचार