विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ४८ हजार १ सय १६ पुगेको छ । संक्रमितको संख्या साढे ३५ लाख नाघेको छ । वल्डोमिटरले सार्वजनिक पछिल्लो तथ्यांकअनुसार कुल ३५ लाख ६२ हजार ७ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै विश्वमा एकै दिन ८१ हजार ३ सय ३० जना नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ ११ लाख ८७ हजार ५ सय १० जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ६८ हजार ५ सय ८१ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ३७ को ज्यान गएको तथ्यांक छ ।
त्यस्तै, स्पेनमा २ लाख ४७ हजार १ सय २२ छन् । स्पेनमा अहिले सम्म २५ हजार २ सय ६४ जनाको ज्यान गएको छ । इटालीमा २ लाख १० हजार ७ सय १७ जनामा संक्रमण भेटिएको छ । त्यस्तै २८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ ।
बेलायतमा १ लाख ८६ हजार ५ सय ९९ संक्रमित छन्। त्यहाँ २८ हजार ४ सय ४६ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार ६ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ मृत्यु हुनेको संख्या २४ हजार ४ सय ४६ रहेको छ । नेपालमा भने ७५ जनामा संक्रमण देखिएकोमा १६ जना उपचारपछि घर फर्किएका छन् । विश्वभर ११ लाख ५३ हजार ८ सय ४७ जना कोरोना संक्रमित निको भएका छन् ।