विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३६ लाख नाघेको छ। अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन्। विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार ३६४ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण ६९ हजार ७२५ को मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार ३ सय ५४ रहेको छ । अमेरिकामा हाल सम्म १ लाख ८७ हजार ४ सय ८४ निको भएका छन्।
इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ। विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ । ११ लाख ९४ हजार १७७ उपचार पछि निको भएर घर फर्किसकेका छन् । २१ लाख ९५ हजार ८७६ जनाको उपचार भइरहेको छ । जसमध्ये ४९ हजार ६३४ को स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको मध्यम रहेको छ।
नेपालमा ७५ जनामा संक्रमण देखिएकोमा १६ जना उपचारपछि घर फर्किएका छन् ।