कोरोना उपचार सामग्री बोकेको विमान दुर्घटना

कोरोना भाइरसको उपचारका लागि आवश्यक सामग्री बोकेको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोमालियाका सरकारी अधिकारीका अनुसार विमानमा रहेका चालक दलका सदस्य सहित सबैको मृत्यु भएको हो । विमान अफ्रिकन एयरवेजको थियो ।

सोमालियाको राजधानीको पश्चिमी भाग ‘मोगादिशु’ मा विमान खसेको हो। विमान विमानस्थलको नजिकै दुर्घटना भएको बताइएको छ ।



विमान दुर्घटनाका कारण अज्ञात रहेको बताइएको छ । मृत्यु हुनेमा सोमालिया र केन्याका नागरिक रहेको त्यहाँका स्थानीय अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार