इटालीकै बाटोमा भारत, सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या एकै दिनमा ह्वात्तै बढेको छ। स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा झण्डै ४ हजारजना नयाँ सङ्क्रमित र करिब २ सय जनाको ज्यान गएको बताएका छन्।

भारतको पश्चिममा पर्ने दुई धनी राज्य महाराष्ट्र र गुजरातमा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको छ। ६ सातादेखि लकडाउनमा रहेको भारतमा उक्त प्रावधान केही खुकुलो पारिएको बेला सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको विवरणहरू आएका हुन्।



भारतले चरणवद्ध रूपमा लकडाउन खुकुलो पार्दै पसल र व्यापार व्यवसाय खोल्न अनुमति दिएको छ। घर फर्किन चाहने प्रवासी कामदारलाई विशेष रेलको व्यवस्था गरिदिएको छ। भारतभर अहिलेसम्म ४६ हजार भन्दा बढी मानिस कोभिड-१९ बाट सङ्क्रमित भएका छन् भने १५ सय भन्दा बढीको मृत्यु भइसकेको छ।

सम्बन्धित समाचार