कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएपछी उपचार गरेर घर फर्किएका काठमाडौंका १ पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुषमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै २ जनामा वैशाखमा कोरोना पोजिटिभ देखिएको थियो । निको भएर घर फर्किएकामध्ये पुरुषमा १ सातापछि पुनः परीक्षण गर्दा पोजिटिभ नतिजा देखिएको हो । यससँगै निको भएर पुनः संक्रमित हुनेको संख्या तीन पुगेको छ ।
मंगलबार नै रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।